arrow

कार्यकर्ता भेटघाटमा खाँडले भने –धेरै दल फुटे कांग्रेस फुटेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
265748593_1263360714176898_3654257196163917853_n.jpg

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार बालकृष्ण खाणले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्नेमा जोड दिएका छन् । चुनावी प्रचारप्रसारका क्रममा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै खाँडले उक्त विचारमा जोड दिएका हुन् । 

उनले प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनुपर्नेमा जोड दिँदै शेरबहादुर देउवा प्रधानमन्त्री भएकाले सभापतिमा पनि जिताउनु पर्ने भन्दै भोट मागेका हुन् । 

उनले नेपालमा परिपक्व नेताको आवश्यकता रहेको बताए । कांग्रेसभित्र नेतृत्व परिवर्तन र युवा पुस्ता आगमनको नारा ब्यापक भइरहँदा उनले भने १३ औं महाधिवेशन पछि १४ सम्म आइपुग्दा धेरै दल फुटेको तर कांग्रेसलाई देउवाले जोगाएको भन्दै १५ औं महाधिवेशन पनि देउवाकै नेतृत्वमा र एकताबद्ध कांग्रेसकै रुपमा हुने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ