माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ चयन
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
2.2k
Shares
पोखरा ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन् । दुई दिनदेखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।
यसअघि दीपक कोइराला र हरिराज अधिकारीले अध्यक्षमा दावी गरेपनि अन्तिममा पछि हटेका हुन् । कोइराला र अधिकारीले अध्यक्षमा दावी नछाडेपछि दुवैले गुरुङलाई अध्यक्ष बनाउन राजी भएका थिए ।
शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो ।
आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो ।
गण्डकी प्रदेश कार्यालय सदस्य गुरुङ गण्डकी प्रदेशसभा सांसद पनि हुन् ।
अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्रो बैठकमा निर्वाचित गरिने बताइएको छ ।
माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।