- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको विमलनगरमा चट्टान आरोहण (रक क्लाइम्बिङ) महोत्सव हुने भएको छ । गण्डकी अल्पाइन क्लबको आयोजनामा पुस ७ देखि १२ गतेसम्म महोत्सव हुने भएको हो ।
बन्दीपुर गाउँपालिका अन्तर्गत पर्ने विमलनगरस्थित चुनपहरा हालसम्म पहिचान भएकामध्ये उपयुक्त मानिन्छ । चुनपहराको संरक्षणका लागि महोत्सव आयोजना गरिएको क्लवका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार सडक बिस्तारको क्रममा चुनपहरा भत्काउने तयारी भइरहेको छ । साहसिक पर्यटनको प्रवर्द्धन गरौं, विमलनगर चुनपहरा जोगाउ’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा चट्टान आरोहणको प्रतिस्पर्धा गराइन लागिएको आयोजकले जनाएको छ । प्रतिस्पर्धामा पुरुष र महिला दुई समूहमा विभाजन गरेर खेलाइने छ ।
यसमा पुरुष र महिलातर्फ प्रथम हुनेले जनही ५० हजार ५ सय रुपैयाँसहित पुरस्कार रहेको छ ।
‘यसले देश विदेशमा नेपाली पर्यटनको सकारात्मक सन्देश लैजाने छ,’ अध्यक्ष शाहीले भने, ‘साहसिक पर्यटनको विकासमा यो गतिविधिले योगदान दिने छ ।’