arrow

हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी घोषणाको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
hridesh-tripati.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । यसअघि उनले स्वतन्त्र विचार समूह खोलेका थिए।

केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उनी दलवीहिन जस्तै थिए । कुनै समय उनी राष्ट्रिय जनता पार्टी (राजपा)मा थिए ।

मंगलबार एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्न लागेका हुन्। पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने बताइएको छ।

केन्द्रीय समिति र पदाधिकारीको नाम भने पछि टुंगो लगाउने जनाइएको छ। २०७४ सालको निर्वाचनमा उनले सूर्य चिह्नबाट स्वतन्त्र उम्मेदवारका रुपमा जित हासिल गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ