arrow

महाधिवेशन स्थलमा तस्वीर खिच्न र समाचार संकलनमा अवरोध नगर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
congress-final.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संचारकर्मीहरुलाई तस्वीर खिच्न र समाचार संकलन गर्न सहज वातावरण निर्माण गरिदिन आग्रह गरेको छ ।

सोमबार समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुव्र्यवहार गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

महासंघका महासचिब रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै मतदानको फोटो खिच्न जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार संकलनमा रोक लगाएको उल्लेख गरेका छन् ।

‘नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यता निर्वाचन समितिले भने समाचार संकलन र तस्वीर खिच्न कुनै अवरोध नरहेको साथै मर्यादा र स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै काम गर्न अनुरोध गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ