arrow

पत्रकार महासंघ मधेस प्रदेशका संस्थापक अध्यक्ष चौहान सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
dipendra-chauhan-sammanit.jpg

महोत्तरी। नेपाल पत्रकार महासंघ, मधेस प्रदेशको पाचौँ साधारण सभा-२०८३ को अवसरमा संस्थाका प्रथम तथा संस्थापक अध्यक्ष दीपेन्द्र चौहानलाई विशेष सम्मान गरिएको छ। 

आफ्नो कार्यकालमा पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको प्रवर्द्धन, पत्रकारको हकहित संरक्षण र संस्थागत सुदृढीकरणमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै उनलाई यो सम्मान दिइएको हो। 

कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले चौहानलाई दोसल्ला ओढाउनुका साथै सम्मान-पत्र प्रदान गरे ।

सो अवसरमा मधेस प्रदेशका पूर्व अध्यक्ष एवं सल्लाहकार राजेश कर्ण तथा नेपाल पत्रकार महासंघका प्रेस स्वतन्त्रता सेनानी भरत साहलाई पनि सम्मानित गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ