- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सभापति पदमा दिउँसो ३ः२० बजेसम्म १८ सय मत खसेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ठयाक्कै यति नै मत खस्यो भन्ने यकिन गर्न नसकिए पनि अहिलेसम्म सभापतिका लागि १८ सय मत खसेको बताए । उनले अन्य पदका लागि भने मत खस्न अलि ढिला हुने भएकाले त्यो भन्दा कम मत खसेको बताए ।
१३२ सिटका लागि ४७ सय ४३ जना मतदाताले मत हाल्नेछन् । राति ८ बजेसम्मको समय दिइने भनिए पनि अझै केन्द्रीय निर्वाचन समितिले टुङ्गो गरिनसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले बताए ।
कांग्रेसले बिहान ८ बजेबाट मतदानको समय तोकेको भए पनि सवा ३ घण्टा ढिलो मतदान शुरु भएको थियो । कांग्रेसले तीन मतदान स्थलमा ११ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।
राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ९शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ।
यसैगरी भृकुटीमण्डप मैदानमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ भने भृकुटीमण्डपको हलमा प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका मतदाताले मतदान गर्ने गरी व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय प्रचार समितिका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने एक मतदाताले २९ वटै मतपत्रमा मत हाल्नु पर्ने छ।
मतदानका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमण्डपमा २ सय ९३ बुथ र भृकुटीमण्डप भित्रे हलमा ५ सय १४ बुथ कायम गरिएको छ ।