arrow

दुई हजार मत खस्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
congress2021.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा १९९३ मत खसेको छ । काग्रेसको बिहान ११ः१५ बजेपछि शुरु भएको मतदानमा १९९३ मत खसेको हो ।

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ६८६ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण) मा १३ सय ७ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न ४५ मिनेटसम्म समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । दुई जना निर्विरोध भएका छन् । 

१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ