- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु हक अधिकारको सुनिश्चितता सहित उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औंल्याएकी छन् ।
दीगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-३३ को प्रारम्भिक साधारणसभा तथा कार्यालय उद्घाटन गर्दै उनले महिला आर्थिक रुपमा सक्षम नभएसम्म समृद्धि प्राप्त गर्न नसकिने स्पष्ट पारिन् ।
महिलाहरु संगठित भएर बचत गर्दै आयआर्जनतर्फ लाग्नुपर्नेमा जोड दिंदै उनले सहकारीको माध्यमबाट महिला उद्यमशिलताको विकास हुने विश्वास व्यक्त गरिन् ।
पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी र सहकारी अभियन्ता कमला गिरीले सहकारी ऐन, नियम, सिद्धान्तका आधारमा कार्य सम्पादन गर्नुपर्ने बताइन् ।
पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले महिलाको व्यक्ति विकाससंगै आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा वडासदस्यद्धय शान्ति आचार्य र टिपक लामिछाने, संस्थाका सल्लाहकारहरु हरिप्रसाद पौडेल, धनराज राना, ऋषिराज आचार्य र डिल्लीराम बराल लगायतले बोलेका थिए ।
पोखरा-१७, २१ र ३३ तीनवटा वडाका ३३५ महिला शेयर सदस्य रहेको सहकारीको प्रारम्भमा ९७ लाख ५८ हजार लगानी रहेको कोषाध्यक्ष तीर्थमाया लामिछानेले जानकारी दिइन् ।
संस्थाका अध्यक्ष रमादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवीमाया आचार्यले स्वागत र सचिव देवीकुमारी गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य गौरिमाया त्रिपाठी, उत्कृष्ट वचत कर्ता घनश्याम सुवेदी र असल कारोवारी देवी लामिछानेलाई सम्मान गरिएको थियो ।