arrow

नाटक लेखन कार्यशालाका लागि आठ जना छानिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
drama  writing.jpg

पोखरा । पोखरामा पौष १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि आठ जना सहभागी छनोट भएका छन् । नाटक लेखन कार्यशालाका लागि खुलारुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदकमध्येबाट आठ जना छानिएको पोखरा थिएटरका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले जानकारी दिए ।

यसरी छनोट हुनेमा गुल्मीकी रीता ज्ञवाली, झापाकी गीता बुढा क्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी छन् । 

यसैगरी कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ समेत छनोटमा पर्न सफल भएका छन् ।

नाटकको नमुना पठाएर आवेदन दिएका मध्येबाट सहभागी छनोट गरिएको कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बताए । 

‘कार्यशालामा सहभागी हुनका लागि नाटकको नमुना पठाउनु पर्ने थियो । सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर पठाउनुभयो त्यसको आधारमा सहभागी छनोट गरिएको हो’, संयोजक गुरुङले भने ।

नाटक लेखन कार्यशाला गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा गरेका हुन् । 

पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन हुने कार्यशाला ११ दिनसम्म चल्ने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले बताए । 

‘पुस १ गतेबाट ११ गतेसम्म निरन्तर विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यशाला सञ्चालन गरिनेछ । ११ दिनसम्म पुरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउन खोजेका छौं’ कुलपति ढकालले भने ।

कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नुहुनेछ । प्रशिक्षक लामिछानेलेनै आवेदन दिएका मध्येबाट आठ जना छनोट गरेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

‘हामीले सूचना जारी गरि नाटकको आवेदन आह्वान गरेका थियौं । उक्त सूचनाको आधारमा १५ नाटककारले आफ्नो नाटक तोकिएको समयभित्र दर्ता गर्नुभएको थियो । १५ नाटकबाट प्रशिक्षक खगेन्द्र लामिछानेले आठ नाटककारका नाटकलाई छनोट गर्नुभएको हो’, परिवर्तनले भने । 

कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ