arrow

पौडेलको चियापानमा देउवाको ‘इन्ट्री’, पौडेलको मौनताप्रति प्रतिनिधिहरु आक्रोशित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
ramchandra-poudel-123133.JPG

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन चलिरहँदा संस्थापन इतर समूहका नेता रामचन्द्र पौडेलले राखेको चियापान कार्यक्रममा सभापतिका उम्मेदवार शेर बहादुर देउवा पनि पुगेका छन् ।

मंगलबार विहान लैनचौर बान्क्वेटमा सबै महाधिवेशन प्रतिनिधिका लागि भनी बोलाइएको चियापानमा देउवाको इन्ट्री भएको हो । तर पौडेलको कार्यशैली विरुद्ध महाधिवेशन प्रतिनिधिहरु विरोध जनाएका छन् ।

प्रतिनिधिहरुले देउवा या डा.शेखर कोइरालामध्ये एक रोज्न चर्को दबाब दिएका छन् । भाषणका लागि मन्चमा उक्लिएका बेला पौडेलविरुद्ध नाराबाजी भएको थियो ।

सभापतिका लागि चुनाव दोस्रो चरणमा पुगेपछि महाधिवेशन प्रतिनिधिले पौडेलमाथि दबाब बढाएका हुन् । उनीहरुले पौडेलको मौनताप्रति प्रश्न उठाएका हुन् । आफ्नै समूहका नेतालाई नसघाएको भन्दै प्रतिनिधिहरु आक्रोशित छन् ।

तर पौडेलले आफूले राजनीतिक इमान र निष्ठा नछाड्ने भन्दै कसैलाई नसघाउने बताएका थिए । सभापतिमा इतर समूहबाट साझा सहमति नजुटेपछि पौडेल घरमै आराम गरेर बसेका थिए । उनी मतदान प्रक्रियामा पनि सामेल भएनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ