arrow

दोस्रो चरणको मतदान मंगलबार ३ बजेदेखि गर्ने तयारी, निर्णय हुन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
Congress-Convention-electio.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि दोस्रो चरणको मतदान कतिबेला गर्ने बारेमा यकिन भएको छ । यसका लागि केन्द्रीय निर्वाचन समितिको बैठक चलिरहेको छ । समितिले आज मंगलबार ३ बजेदेखि मतदान शुरु गर्नेगरी तयारी थालेको छ ।

सभापतिको दोस्रो चरणको मतदान गर्ने बारेमा छलफल हुँदा आजै ३ बजेदेखि मतदान शुरु गर्ने कि भनेर आन्तरिक तयारी गरिरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

यसअघि मतदानको पहिलो चरणबाट कसैले पनि बहुमत ल्याउन असफल भएका छन् । शेरबहादुर देउवा बहुमत प्राप्त गर्न असफल भएका छन् । अब दोस्रो चरणबाटै टुङ्गो लाग्ने भएको छ ।

सभापतिमा दोस्रो चरणमा शीर्ष दुईमा रहेर मत परिणाम टुंगो लगाएका शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच भिडन्त हुनेछ । देउवाले पहिलो चरणमा २२५८ मत पाए । डा.कोइरालाले १७ सय २९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधीले २४९ तथा कल्याण गुरुङले २० मत पाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ