arrow

३ करोड ६३ लाखमा बेच्नु पर्ने 'एनएफटी' ३ लाख ६३ हजारमा बेचिएपछि...

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
bored-ape-nft.jpg

काठमाडौ । डिजिटल जमानामा टाइपिङ मिस्टेक हुँदा गल्तीहरु हुने गर्छन् । तर, एक व्यक्तिले टाइपिङमा गल्ती गर्दा ३ करोड ६३ लाख (३ लाख डलर) मा बेच्नु पर्ने एक एनएफटी ३ लाख ६३ हजार (३ हजार)डलरमा बेचेका छन् ।

पछिल्लो समय फोटो, भिडियो, र अडियो जस्ता डिजिटल आर्टहरु नन फन्जिबल टोकन (एनएफटी)का रुपमा लाखौँदेखि करोडौँ रुपयाँमा बिक्री हुने गरेका छन् ।

यस्तै किसिमको एक दिक्क मानेको बाँदरको एनएफटी एक व्यक्तिले ३ लाख डलरमा बेच्नु पर्नेमा टाइपिङ गल्ती गर्दा ३ हजार डलरमा बेचिन पुगेको हो ।

म्याक्स नाम गरेका ती एनएफटी लगानीकर्ता व्यक्तिले ७५ इथर टाइप गर्नुपर्नेमा ०.७५ इथर टाइप गरेर मुल्य राखेका हुन् । एनएफटीहरुको कारोबार खासगरी इथेरियम (इथर) क्रिप्टोकरेन्सीमा हुने गर्छ ।

कन्सट्रेनसको कमीका कारण त्यसो हुन पुगेको ती व्यक्तिले सीनेटलाई बताएका छन् । उक्त एनएफटी तत्क्षण ती व्यक्तिले क्यान्सिल गर्नु अघि नै कम मुल्यका एनएफटी अटोमेटिक किन्ने बुट प्रयोग गरेका व्यक्तिले किनेर २ लाख ५० हजार डलरमा बिक्रीमा राखिसकेका थिए।

बोर्डएपयाचक्लबमा यो कारोबार भएको हो । अन्य बैंक या भौतिक किसिमले यस्तो गल्ती भएमा त्यसलाई सुधार गर्न सकिन्छ । तर, कुनै केन्द्रीय नियामक नभएको क्रिप्टोकरेन्सीको कारोबार हुने डिजिटल बजारमा यसो गर्न असम्भव छ । यसै कारणले पनि ती व्यक्तिले एकछिनमै ठुलो रकम गुमाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ