arrow

करेन्ट लागेर हाइड्रोपावरका कर्मचारीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
Death-photo.jpg

पोखरा । पर्वतको मोदी गाउँपालिका वडा नं. २ स्थित निर्माणाधीन मध्य मोदी हिमाल हाईड्रो पावरमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत फलेवास नगरपालिका वडा नं. ४ मणिकुवाका ३२ वर्षका गङ्गाबहादुर नेपाली रहेका छन् ।

उनी कास्की कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं. ५ नयाँपुल बस्दै आएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । हाईड्रोपावरको टनेलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि पानीमा डुबी बेपत्ता भएका थिए । 

उनको खोजी गर्नेक्रममा आज बिहान करिब ११ बजे उनको शव फेला परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ