arrow

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्सका अध्यक्ष गोगंजुलाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
Biddhi.jpg

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएशन अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य राजन गोगंजुलाई पितृशोक परेको छ ।

गोगंजुका पिता बुद्धिप्रसाद गोगंजुको ७२ बर्षको उमेरमा सोमबार राति रानीपौवास्थित आफ्नै निवासमा निधन भएको हो । 

गोगंजु मधुमेह र फोक्सो सम्वन्धी समस्याबाट पीडित थिए ।

रानीपौवा आयल स्टोर्स स्थापना गरेर पेट्रोलियम पदार्थको कारोवार गर्दै आएका गोगंजुले रानीपौवा तायमचा नाच समितिको अध्यक्ष, रानीपौवा नेवा कच खलःको अध्यक्ष, भिमसेन सिं गुठीको संस्थापक अध्यक्ष र वडा सदस्यसमेत भएर कार्य गरेका थिए ।

स्व. गोगंजुको मंगलबार पोखरा रामघाटमा अन्त्येष्टि गरिएको छ । गोगंजुका श्रीमती र तीन छोरा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ