arrow

समुन्नत नेपाल अभियान र पार्टी रुपान्तरणका मुद्दामा गगन थापाले देउवासँग सहकार्य गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
gagan-thapa-congress.jpg

काठमाडौं । कांग्रेस नेता एवम १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिंदै समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य गर्ने बताएका छन् ।

दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएपछि देउवालाई बधाई दिंदै थापाले भनेका छन्,‘आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु।’

डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार थापा कांग्रेसको रुपान्तरण र पुस्तान्तरणको पक्षमा उभिदै आएका छन् । ‘समुन्नत नेपालः सम्मानित नेपाली’को नारा स्थापित गरेका उनी कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा सार्वजनिक गरेर चुनावी मैदानमा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ