arrow

गुगलले खोप नलाउने कर्मचारीलाई बर्खास्त गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
Google-Australia.jpg

काठमाडौं । गुगलले कोरोनाविरुद्धको खोप नलगाउने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएको छ । सीएनबीसीले प्राप्त गरेको कम्पनीको एक कागजपत्रमा गुगलले आफ्ना कर्मचारीलाई कोभिड१९ खोप नीतिको पालना नगरेमा बर्खास्त गर्ने चेतावनी दिएको हो ।

उक्त कागजपत्र अनुसार गुगलले आफ्ना कर्मचारीलाई डिसेम्बर ३ सम्म खोप लगाएको प्रमाण पत्र या खोप लगाउन चिकित्सा वा धार्मिक छुटको लागि स्वीकृति प्राप्त प्रमाणपत्र अपलोड गर्न भनेको थियो ।

जनवरी १३ सम्म पनि यी दुईमध्ये एक काम नगर्ने कर्मचारीलाई ३० दिनको तलबसहितको बिदा दिइने छ । सो समयमा समेत कर्मचारीले नियम पालना नगरे ६ महिनाका लागि बिना तलब बिदा दिइनेछ र त्यसपछि बर्खास्त गरिनेछ ।

गुगलले अफिसमै आएर काम गर्ने कर्मचारीका लागि खोप अनिवार्य गरेको छ अन्यथा खोप छुटको प्रमाणपत्र देखाउनु पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ