arrow

निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूतमा नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
world-link-nirmal-purja.jpg

काठमाडौं । आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहण गरी विश्व कीर्तिमान बनाएका निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूतमा नियुक्त भएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा वर्ल्डलिंकले पुर्जालाई सद्भावना दूतमा नियुक्त गरेको हो ।

पूर्जाको हालै नेटफिलिक्समा रिलिज भएको डकुमेन्ट्री ‘फोर्टिन पिक्स नथिगं इज इम्पोसिबल’ ले विश्वभर चर्चा पाइरहेको छ । उनी पूर्व ब्रिटिश आर्मी हुन् ।

उनी यतिबेला अन्टार्कटिकामा रहेका छन् । 

उनी यतिबेला अन्टार्कटिकामा रहेका छन् । अहिलेसम्म कसैले आरोहण गर्न नसकेको पाकिस्तानको केटु हिमालकोसमेत सफल आरोहण गर्न सफल पुर्जासँगको सहकार्य राम्रो हुने वर्ल्डलिंकका सीईओ केशव नेपालले बताए ।

उनले पुर्जालाई नियुक्त गर्न पाएकामा खुशी लागेको पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ