arrow

स्याङ्जाका धनराज गुरुङ कांग्रेसको उपसभापतिमा विजयी

logo
हरि पन्त, 
प्रकाशित २०७८ पुष १ बिहिबार
Dhanraj gurung.jpg

पोखरा । स्याङ्जाका धनराज गुरुङ नेपाली कांग्रेसको केन्द्रीय उपसभापतिमा विजयी भएका छन्। सोमबार भएको मतदान र बुधबार राति १ बजे सम्पन्न मतगणनामा गुरुङ उपसभापतिमा विजयी भएका हुन्। विजयी गुरुङले प्रतिस्पर्धी विजयकुमार गच्छदारलाई झिनो मतान्तरले पराजित गरेका हुन्। गुरुङले शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा चुनाव लडेका थिए।

को हुन् धनराज गुरुङ ?

नेपाली काङ्ग्रेस स्याङजा जिल्ला उपसभापति उनी समानुपातिक प्रणाली अन्तर्गत संविधानसभामा सभासद हुन्। २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका गुरुङ २०५३ मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि काङ्ग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य थिए।

राजनीतिक संघर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आएका गुरुङ युवाहरूलाई प्रजातान्त्रिक उद्देश्यका लागि गोलवद्ध गर्ने कुरामा विशेष रुचि राख्छन्। गुरुङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ