arrow

नेपालले एमसीसी अनुमोदन गर्ने 'एमसीसी बोर्ड बैठक'को आशा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
mcc.jpg

काठमाडौं । अमेरिकी अनुदान सहायता एजेन्सी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बुधबार बसेको बोर्ड बैठकले नेपालले निकट भविष्यमै सम्झौता अनुमोदन गर्ने अपेक्षा गरेको छ ।

नोभेम्बर १५ अर्थात् हिजो बसेको एमसीसी बोर्डको बैठकले एमसीसी नेपाल कम्प्याक्टमा भएको आजसम्मको प्रगतिबारे छलफल गरेको थियो । बैठकपछि एजेन्सीले विज्ञप्ति जारी गर्दै नेपालले सम्झाैता अनुमाेदन गर्ने विश्वास व्यक्त गरेकाे हाे ।

सो क्रममा बोर्ड डिरेक्टर अर्थात् सञ्चालक समितिले निकट भविष्यमा कम्प्याक्टलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतामाथि आशा राखेको हो ।

गत नोभेम्बरमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपा भ्रमणको क्रममा एमसीसी अनुमोदन गर्ने सन्दर्भमा डिसेम्बर १४ सम्म निर्णय गर्न आग्रह गरेका थिए । डिसेम्बर १४ अर्थात् मसिंर २८ मा संसद् बैठक बसे पनि एमसीसीबारे कुनै कार्यक्रम राखिएको थिएन ।

मंसिर २८ भित्र निर्णय नगरे अमेरिकाले एमसीसी सम्झौता मार्फत ५० करोड अमेरिकी डलरको सहायता रद्द गर्ने आशङ्का समेत उब्जिएको थियो । तर, एमसीसी मुख्यालयले नेपालले एमसीसी सम्झौता सम्बन्धी हालसम्मको प्रगतिबारे छलफल गर्दै चाँडै अनुमोदन हुने आसा राखेको छ ।

नेपालमा भने धेरैजसो सर्वसाधारण, विभिन्न राजनीतिक दलहरूदेखि सत्तारुढ गठबन्धनकै केही नेताहरू समेत एमसीसीको पक्षमा देखिएका छैनन् । यसै कारणले लामो समयदेखि एमसीसी अनुमोदनको विषय लम्बिँदै आएको छ । यद्यपि, अझैँ पनि एमसीसी अनुमोदन हुनेमा आशङ्का छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ