arrow

कोभ्याक्स सुविधामार्फत जमर्नीले गर्‍यो ४१ लाख डाेज खोप नेपाललाई हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
germany-nepal-covax.png

काठमाडौं । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज बिहीबार नेपाल आइपुगेको छ। भोलि अर्थात् शुक्रबार थप १४ लाख ४७ हजार डोज खोप नेपाल आइपुग्ने भएको छ।

यसअघि जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नै नेपाललाई थप १९ लाख ६५ हजार ६०० डोज  मोडर्ना खोप उपलब्ध गराइसकेको छ। 

यसरी तीन पटक मोडर्ना र जोन्सन गरेर कोभ्यास सुविधा मार्फत जर्मन सरकारले हालसम्म ४१ लाख ४२ हजार २५० डोज खोप नेपाललाई काेभ्याक्स सुविधा मार्फत उपलब्ध गराएकाे हाे । 

बिहीबार बिहान स्वास्थ्य मन्त्रालयमा नेपालका लागि जर्मनीका राजदूत डा स्टेफन रुसेकले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई उक्त खाेप हस्तान्तरण गरेका छन् ।

यस विषयमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयले जर्मन सरकारको सहयोगका लागि कृतज्ञता व्यक्त गरेको छ ।

जोन्सन खोपको एक डोज नै पूर्ण खोप हो भने, मोडर्ना खोप नेपालमा १२–१७ उमेरका बालबालिकालाई लगाउने गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ