arrow

सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
congress-joint-gs-karnali.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । उनले मुख्यमन्त्रीसमेत रहेका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीलाई हराए । 

पाण्डेले २४ सय ११ मत ल्याए । शाहीले २१ सय ३३ मत ल्याए । पाण्डेले २७८ मतको अन्तरसहित जित हासिल गरेका हुन् ।  पाण्डे डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए ।

उनीसँग प्रतिस्पर्धामा शाही भने शेरबहादुर देउवा समूहबाट उम्मेदवार थिए ।

सो समूहबाट उम्मेदवार बनेका चेतराज बजालले ९९ मतमात्र पाए । ४९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्रीका यी आठ विजेताहरु 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ