arrow

सहमहामन्त्रीका यी आठ विजेताहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
sahamahamantris-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ । जसमा संस्थापन पक्षले बढी सिट जितेको छ । उपसभापतिमा देउवाबाट पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षका धनराज गुरुङ आएका छन् । त्यस्तै महामन्त्रीमा डा. कोइराला पक्षका गगनकुमार थापा र प्रकाशमान सिंह पक्षका (पछि सभापतिमा भने सिंहले देउवालाई सघाएसँगै आफू पनि सिंहसँगै लागेको भनेका) विश्वप्रकाश शर्मा विजयी भए । 

सहमहामन्त्री पदमा भने देउवा पक्षले वर्चश्व कायम गरेको छ । विभिन्न क्लस्टरबाट आठ जना सहमहामन्त्री बनेका छन् । जसमा देउवा पक्षका ६ जना विजयी भएका छन् । डा. शेखर कोइराला पक्षबाट दुई जनामात्र निर्वाचित भएका छन् । 

महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, मधेसीबाट महेन्द्र यादव, मुश्लिमबाट फरमुल्ला मन्सुर, खस–आर्यबाट किशोर राठौर, थारुबाट उमाकान्त चौधरी,  दलितबाट जीवन परियार र पिछडिएकोबाट बद्री पाण्डे निर्वाचित भए । 

परियार र पाण्डे संस्थापन इतरका हुन् भने बाँकी सबै संस्थापन पक्षबाट लडेका थिए । चौधरी कृष्णप्रसाद सिटौला पक्षका भए पनि सिटौला र देउवाबीच चुनावी तालमेल भएको थियो । महामन्त्रीमा सिटौला पक्षबाट संस्थापनको उम्मेदवार बनेका प्रदीप पौडेल भने पराजित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ