- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
पदीय हैसियतको दुरुपयोग, नैतिक आँचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ । रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय सञ्चार माध्यममा छाएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो । रासस