arrow

विदेशबाट आउने यात्रुले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था तत्कालका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
tia-ktm-airport.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन विदेशबाट आउने यात्रुले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरिएको छ ।

ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटलको क्वारेन्टिनमा बस्नुपर्ने र खर्च पनि आफैं व्यहोर्नुपर्ने भन्दै अध्यागमन विभागले सूचना जारी गरेको थियो ।

विभागल पुनः अर्को सूचना जारी गर्दै सात दिन आफ्नै खर्चमा होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरेको हो । विभागले शुक्रबार सूचना प्रकाशित गरी ६७ देशबाट आउने यात्रुलाई एक साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ