arrow

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
century-commercial-bank-limited-logo.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२ औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो । 

बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,०३,४४,२९,५०२.५० (अक्षरेपी नौ अर्ब तीन करोड चौवालीस लाख उनान्तीस हजार पाँच सय दुई रुपैयाँ पचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालीस पैसा) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपी दुई करोड त्रिहत्तर लाख एकचालीस हजार छत्तीस रुपैयाँ पैसठ्ठी पैसा) बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात लाभांश वितरण गरिने बैंकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ