arrow

पोखरा-५ मा आगलागी, घर बस्नै नमिल्ने गरी ध्वस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
aaglagi-ilam-namsaling.gif

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित एक घरमा गएराति आगलागी भएको छ । 

आगलागीबाट मदन मार्गस्थित सो घर जलेर नष्ट भएको छ । स्थानीय अयोध्या बाटाजुको घरमा आगलागी भएको हो ।

उनको घरमा रहेको होटलबाट आगो लागेको बताइएको छ । 

आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ