arrow

समानान्तरमा छापा, संचालक भने राजस्व प्रमुख नै हटाउने खेलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
samanantar-nirman-sewa.jpg
तस्बिर– फाइल

काठमाडौं । समानान्तर निर्माण सेवाको कार्यालयमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले छापा मारी खातापाता नै जफत गरेको हो । आयकर छली तथा नक्कली भ्याटबिल प्रयोग गरेको सूचनाका आधारमा विभागले छापा मारी कागजपत्र नियन्त्रणमा लिएको हो । ६० अर्बको काम चालु रहेको र यसअघि अर्बौंको ठेक्का लिएको समानान्तरले आयकर छली गरेको शंका विभागको छ । 

देशका प्रायः सबै सरकारी भवनका ठेक्का सामानान्तरले पहुँचवालाको नाममा धम्की दिँदै सेटिङमा लिएको भन्दै पहिलेदेखि नै निशानामा पर्दै आएको छ । समानान्तरले सरकारी अधिकारीसँग सेटिङ गरी बोलपत्रमै आफ्नो कम्पनीसँग अनुकूल हुने स्पेसिफिकेसन राखेर ठेक्का लिने गरेको पटक पटकका गतिविधिबाट खुल्दै आएको छ ।  

समानान्तरका संचालक अच्युत खरेलले राज्यका सबै निकायका प्रमुखसँग सेटिङ गरी भवनका ठेक्का लिने गरेका छन् । कागजपत्र राजस्वले लिएपछि खरेल भने राजस्वका महानिर्देशक नै हटाउने खेलमा लागेको बताइएको छ । 

खरेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, युवा नेता महेश बस्नेत, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीन घिमिरेको नाम लिँदै विगतदेखि नै राज्यका विभिन्न निकायमा हुने निर्माणका ठेक्कामा कब्जा गर्दै आएको बताइन्छ । 

माथि पहुँच रहेको दाबी गर्दै राज्यका विभिन्न निकायका प्रमुखहरुलाई धम्क्याउने उनको पुरानै बानी रहेको एक पीडित सिनियर कर्मचारी बताउँछन् । 

खरेलको कम्पनीमा राजस्वका महानिर्देशक प्रकाश पौडेलको पहलमा गत शुक्रबार दिउँसो छापा मारिएको थियो । अहिले तिनै पौडेललाई नै हटाउने चलखेलमा खरेल लागेको स्रोत बताउँछ । 

उनी सकभर फकाउने र नसके पहुँचवालाको नाम लिँदै धम्याएरै भए पनि ठेक्कापट्टा कुम्ल्याएर छाड्ने गरेको बताइन्छ । 

उनले लिएका सेटिङका ठूला ठेक्कामा काठमाडौं महानगरपालिकाको टेकूस्थित भवन निर्माण र सर्वोच्च अदालतको भवन निर्माण रहेका छन् । यसमा सेटिङ मिलाएर ब्यापक भ्रष्टाचार भएको एक निर्माण व्यवसायीको भनाइ छ । 



नयाँ