arrow

कांग्रेसको अबको सम्पूर्ण ध्यान चुनावमा : सहमहामन्त्री परियार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
jiban pariyar.jpg

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले अबको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीको महाधिवेशन सकिने चरणमा रहेकाले समिति पूर्ण बनेपछि चुनाव केन्द्रित निर्णय गर्ने स्पष्ट पारे ।

पार्टीमा निकै उत्साह आएको र त्यही उत्साहमार्फत आगामी निर्वाचनमार्फत नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै उनले काँग्रेसलाई ठूलो र बलियो पार्टी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

महाधिवेशनमार्फत आएका परिवर्तनका कुराहरुलाई संस्थागत गरेर पार्टी अघि बढ्ने भन्दै परियारले पार्टीभित्र विचारको सैद्धान्तिक बहस गर्न आवश्यक रहेको बताए ।

एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले मुलुकको हितमा रहेको उनले उल्लेख गरे । सम्झौता गर्दाका बखत नेपाल हित विपरित केही बुँदा समावेश भएको भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने उनको भनाइ छ ।

आगामी निर्वाचनमा गठवन्धन दलहरुबीच तालमेल हुने नहुने विषयमा पार्टीभित्र छलफल हुने सहमहामन्त्री परियारले बताए ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले अबको ध्यान पार्टीको संगठन र स्थानीय तहको चुनावमा केन्द्रित हुने बताए । उनले पार्टी कार्यालय प्रविधिमैत्री बनाउनेबारे पनि छलफल भइरहेको स्पष्ट पारे ।

उनले पार्टीको संगठन बलियो बनाउन र पाटीएलाई चलायमान बनाउन आफू र आफ्नो टीमको सम्पूर्ण ध्यान केन्दित हुने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा प्रेस युनियनका सभापति नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र बराल र सचिव प्रदीप पौडेलले पनि बोलेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ