arrow

गठवन्धन ओलीको प्रतिगमनका विरुद्ध बनेको हो, एमसीसी पास गर्न होइन : चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
chitrabahadur-.png

काठमाडौं। सत्ता गठवन्धानमा आवद्ध मध्येको एक दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता गठवन्धन केपी ओलीको प्रतिगमनको कदमका विरुद्ध मात्रै बनेको बताएका छन् ।

सरकार र सत्ता गठवन्धन एमसीसीका विषयमा छलफलमा अघि बढिरहँदा गठवन्धन आबद्ध दलका नेता केसीले ओलीको प्रतिगमनका विरुद्ध मात्रै गठवन्धन बनेको बताए।

‘यो सत्ता गठवन्धन केपी ओलीको सर्वसत्तावाद् र प्रतिगमनका रुरुद्ध बनेको हो, एमसीसी पास गर्न होइन, सबै विषयमा मिलौं भनेर गठवन्धन बनाएका होइनौं, गठवन्धन भनेको कार्यगत एकता मात्रै हो, धेरै कुरामा मतभेद्हरु पनि छन्,’ केसीले हाम्राकुरासँग भने।

उनले गठवन्धन बैठक र सर्वदलीय बैठकका नाममा एमसीसीका विषयमा छलफल गर्न खोजिएको र सरकारले अमेरिकालाई कोसिस गरिरहेका छौं भनेर मात्रै देखाउन खोजेको बताए ।

‘गठवन्धन बैठक र सर्वदलीय बैठकका नाममा एमसीसीका विषयमा छलफल गर्न खोजिएको हो, सरकारले अमेरिकालाई कोसिस गरिरहेका छौं भनेर मात्रै देखाउन खोजेको हो, हामी एससीसीका पक्षमा छैनौं,’ केसीले अघि थपे ।

उनले एमसीसीका विषयमा सत्ता गठवन्धनमा रहेको दल नेपाली कांग्रेस मात्रै पास गर्ने पक्षमा एकमत रहेको तर माओवादी केन्द्र, नेकपा एस र अन्य दल  ढुलमुलमा नै रहेकोसमेत दाबी गरे।

‘हाम्रो प्रष्ट धारणा छ, हामी विपक्षमा छौं, कांग्रेस एक मत छ, माओवादी, नेकपा एस र अन्य दल ढुलमुलमा नै छन्,’ केसीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ