arrow

भीक्षु हत्या आरोपमा बाग्लुङका अर्जुन विक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
Arjun Bk.jpg

पोखरा । कास्की प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोप उनी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विक रहेका छन् । उनी कास्कीको घान्द्रुकमा बस्दै आएका थिए । 

बाग्लुङ नगरपालिका वडा नं. ६ लहरे पिपल घर भइ घान्द्रुकमा भीक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

डिएसपी तिवारीका अनुसार गत शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकस्थित चिहानघाटमा परियारको शव फेला परेको थियो । 

घटनापछि अनुसन्धानका लागि घान्द्रुक पुगेको प्रहरी अधिकृत सहितको टोलीले हत्या गरेको अभियोगमा मृतक परियारसँगै हिँड्ने विकलाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेपछि भएको आपसी विवादमा बिकले परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ