arrow

सङ्घर्षशील सामाजिक पुरस्कारबाट असफल गौतम सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
Asafal Gautam.jpg

पोखरा । अम्बिका-भागवत फाउण्डेशनले दोस्रो वार्षिक साधारणसभाका बीच सङ्घर्षशील सामाजिक अभियान्ता असफल गौतम सम्मानित भएका छन् । हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कारको राशि २५ हजार एक सय ५१ रहेको छ ।

साहित्य, समाजसेवा र पत्रकारिताका त्रिवेणीका रुपमा साधनारत सम्मानित स्रष्टा असफल बीएड, एलएलबीका साथै राजनीतिशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गरेका दर्जन कृतिका सर्जक हुन् ।

यस्तै, सिर्जनशील सामाजिक पुरस्कारबाट बाल अभियान्ता प्रिन्सा रेग्मी सम्मानित भएकी छन् । सोही अवसरमा प्रेन्सा ट्रष्टका लागि छ हजार एक सय ५१ सहयोग प्रदान गरिएको थियो ।

सम्मानित प्रतिभाद्वयलाई प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कुशुमकेशव पराजुली, फाउण्डेशन संस्थापक अम्बिका नेपाल, अध्यक्ष भागवत नेपाल र प्रतिभा छनौट समिति संयोजक शिवनारायण बिजुक्छेले संयुक्त रुपमा नगद, दोसल्ला, सम्मानपत्रसहित अर्पण गरे ।

समारोहमा सुनिल गायक र अम्बिका भण्डारीलाई फाउण्डेशनका संस्थापकको गीतमा संगीत र स्वर प्रदान गरेको पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

वरिष्ठ पत्रकार पराजुलीले सङ्घर्षशील र सिर्जनशील प्रतिभालाई एउटै मञ्चमा पुरस्कृत गरेर फाउण्डेशनले आफ्नो गौरव र गरिमा उचो बनाएको बताए ।

सम्मानित स्रष्टा असफल गौतमले आफ्नै विवाहका दिन श्रीमतीलाई घरमा जोडेर आफ्नो जिम्मेवारीमा पुगेको स्मरण गर्दै समाजमा मतिरामहरु मतिहिन र धर्मराजहरु विधर्मी हुँदै गएको बेला यस्ता एकादुई सामाजिक संस्थाका सत्कर्मले अभिमानी बन्न प्रेरणा मिल्ने बताए ।

साथै, उनले २०६८ सालदेखि नै आफूले प्राप्त गरेका दान, दक्षिणा, सम्मान र पुरस्कारको रकमबाट चारवटा अक्षयकोष स्थापना गरेर सीमान्तकृत स्रष्टा र समुदायका प्रतिभालाई प्रोत्साहन गर्दै आएकाले संघर्षशीला सामाजिक सम्मानको रकम पनि तिनै चार अक्षयकोषमा जम्मा हुने जानकारी गराए ।

बाल सामाजिक अभियान्ता प्रेन्सा रेग्मीले बाबुआमा आफ्ना छोराछोरीको प्रगतिमा खुसी हुने र छोराछोरीका असल कर्मबाट चिनिन पाउँदा गौरव गर्ने भएकाले सबैलाई असल कर्म गर्नका लागि अनुरोध गरिन् ।

प्रतिभा छनौट समितिका संयोजक शिवनारायण बिजुक्छेले सम्मानित स्रष्टाको परिचय राख्दै असफल गौतमलाई सभ्य समाजको एउटा ज्योतिका रुपमा परिचित गराउँदै असफल गौतम जस्ता प्रतिभालाई सम्मान अर्पण गर्न पाउँदा आफूलाई फाउण्डेशन आफैँ सम्मानित भएको आभाष भएको धारणा राखे ।

फाउण्डेशनका अध्यक्ष भागवत नेपालले फाउण्डेशन सदा सीमान्तकृत समुदायका आधारभूत आवश्यकता परिपूर्तिमा क्रियाशील रहेको बताए ।

कोषाध्यक्ष माधवी नेपाल थापाले आर्थिक र सचिव देवी श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेको सभामा कानुनी सल्लाहकार विनिता नेपाली, समाजसेवी गोविन्द दवाडी, माया तिवारी, अम्बिका भण्डारी, वर्षा श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

सोही समारोहबीच फाउण्डेशनको संरक्षकत्वमा एसइइ उत्तीर्ण गरेका चार जना विद्यार्थी वर्षा श्रेष्ठ, आकृति खड्का, कृषिक सेन्चुरी र विवेक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । यस्तै संस्थाका संस्थापक सदस्यहरुलाई संस्थापक सदस्यताको प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ