arrow

कोशीटप्पुमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
nobel-health-camp-452.jpg

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका – ९ स्थित कोशीटप्पुमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । इटहरी – ४ स्थित इन्खा एकीकृत अस्पताल प्रालि र बराहक्षेत्र–९ स्थित कोशिका प्राथमिक विद्यालयसँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार ३ सय २१ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १८९ जनाको भिडियो एक्सरे, १८२ जनाको रक्त परीक्षण र ६५ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

यसअघि गत बुधबार नोबेलले इटहरीको तालतलैयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ