arrow

वीपीको अन्तर्वार्ता लिएर चर्चा कमाएका पूर्वमन्त्री थापा केन्द्रीय सदस्यमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
yagya-thapa.jpg

काठमाडौं । नेपालका हरेक आन्दोलनहरुमा नेतृत्वदायी भूमिकामा देखिने गरेका पूर्वमन्त्री यज्ञबहादुर थापा कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

कास्की–१ बाट २०७० सालको संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसद समेत भइसकेका थापाको कांग्रेसको राजनीतिमा लामो योगदान रहे पनि यस पटकको महाधिवेशनमा उनलाई मतदाताले पत्याएनन् । खुल्ला केन्द्रीय सदस्यमा उनले १४६० मत मात्र पाए ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भइसकेका उनी प्रजातान्त्रिक आन्दोलनमा पटक पटक गिरफ्तार तथा जेल जीवन बिताएका नेता हुन् ।

२०३२ सालबाट नेविसंघको राजनीतिमा सक्रिय भएका थापा २०३६ सालमा नेविसंघको जनकपुर अधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष हुँदा केन्द्रीय उपाध्यक्ष पनि भएका थिए ।

नेपाली कांग्रेस प्रतिवन्धित हुँदाको अवस्थामा ०३६ सालमा थापाले पार्टीको मुखपत्र ‘नेपाल पुकार’को लागि कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको अन्तरवार्ता लिएर चर्चा कमाएका थिए ।

कास्कीको पार्टी सभापति भएका बेला २०६२/०६३ को आन्दोलनमा काठमाडौंको टुडिखेलमा प्रहरीबाट मरणासन्न हुने गरी पिटिएका थापा कांग्रेसको केन्द्रीय सदस्यमै पराजित भएपछि शुभेच्छुकहरु निराश भएका छन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ