arrow

६४ मत नपुगेर पराजित भए केन्द्रीय सदस्यमा मन्त्री कार्की 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
kedar-karki-congress-province1.jpeg.jpg

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । संस्थापन इतर समूहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन् ।

कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन् । पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वास पात्र मानिन्छन ।

उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए । पराजित भएपछि कार्कीले सामाजिक संजाल फेसुबकमा लेखेका छन्, ‘म खुशी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु नपरोस्, स्वाभिमान नझुकोस, पदसँग प्रतिष्ठा साट्नु नपरोस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ