arrow

सुख्खा पहिरोमा स्काभेटरसहित पुरिँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
excavator.jpg

म्याग्दी । म्याग्दीमा गएको सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रघुगङ्गा गाउँपालिका वडा नं. २ का २७ वर्षका भीमबहादुर खत्री रहेको म्याग्दी प्रहरीले जनाएको छ ।

रघुगङ्गा गाउँपालिका वडा नं. ४ दग्नाममा तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा सुख्खा पहिरो जाँदा खत्रीसहित स्काभेटर पुरिएको थियो । 

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार नेपाली सेना र प्रहरीसहितको टोलीले खत्रीको शव निकाल्ने प्रयास गरिरहेको छ । 

खत्रीको शव स्काभेटरभित्रै रहेकाले निकाल्न कठिन भइरहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ