arrow

ओमिक्रोन संक्रमणको त्रासमा इजरायलले लगायो अमेरिका भ्रमणमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
Israel-omicron.jpg

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको चिन्तालाई लिएर इजरायलले अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ । सोमबार मन्त्रिपरिषद्ले अमेरिका, इटाली, बेल्जियम, जर्मनी, हंगेरी, मोरक्को, पोर्चुगल, क्यानडा, स्विजरल्याण्ड र टर्कीलाई उड्न प्रतिबन्धित देशको सुचीमा राखेको हो ।

युरोपमा जर्मनीले लकडाउन गर्दै कोभिड-१९को पाँचौँ लहर कुनै हालतमा नरोकिने चेतावनी दिएको छ । यसबीच अमेरिकी संक्रामक रोग विज्ञहरूले अस्पतालमा फेरि भर्ना हुने संक्रमित बढेर समस्या हुनसक्ने चेतावनी दिएका छन् ।

यस्तै गम्भीर बिरामी हुनेको सङ्ख्या बढेसँगै दक्षिण कोरियाले पनि अस्पतालहरूलाई क्षमता बढाउन निर्देशन दिएको छ । निकै नै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको छ । 

हालसम्म झन्डै ९० देशमा ओमिक्रोनको संक्रमण फैलिसकेको छ भने, धेरै जसो देशहरूमा संक्रमण बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ