arrow

तनहुँका १७ कृषकलाई कुटानी पिसानी मेशिन प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
mil.jpg

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई १७ वटा कुटानी पिसानी मेशिन प्रदान गरेको छ । गाउँपालिकाकी अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले किसानलाई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा अध्यक्ष रानाले मिल खोज्दै टाढा जानुपर्ने समस्याबाट मुक्ति दिलाउन मिल प्रदान गरिएको बताइन् । ‘कुटानी पिसानीका लागि घरको अन्य काम धन्दा छोडेर लामो समय खर्चिनुपर्थ्यो’, उनले भनिन्, ‘यो मेशिन गाउँमै पुगेपछि त्यस्ता समस्या हट्ने विश्वास छ ।’

उपाध्यक्ष बालकृष्ण घिमिरेले किसानको समस्यालाई हेरेर ३८ हजार मूल्य पर्ने मेशिन १९ हजारमा उपलब्ध गराइएको बताए । 

मेशिन पाएपछि किसानहरू खुशी भएका छन् । मेसिनबाट धान कुट्न, पिठो पिस्न, मकै, कोदो, गहुँ, फापर पिस्न सकिने कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताए । 

समूह बनेर आउनेलाई प्राथमिकता दिइ वितरण गरिएको र केही व्यक्तिलाई पनि दिइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ