arrow

कास्कीकी नम्रता केन्द्रीय सदस्यमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
Namrata baral.jpg

पोखरा । कास्कीकी नम्रता बराल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएकी छिन् । बरालले पार्टीको १४ औं महाधधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् । खुला महिलातर्फ नौ जना केन्द्रीय सदस्य पदका लागि बरालसहित ३० जनाले प्रतिस्पर्धा गरेका थिए । 

जसमा डा डीला संग्रौला पन्त, पुष्पा भुषाल, डा. आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडेल, सुशीला आचार्य ढकाल र रंगमती शाही निर्वाचित भए ।

कास्कीकी बराल धेरै मत ल्याउने मध्येमा १८ औं स्थानमा रहिन् । उनले ११ सय ६८ मत प्राप्त गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ