arrow

एलन मस्कले ११ अर्ब डलर कर तिर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
elon-musk.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् ।  

टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाइ आएको थियो । उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए ।

यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नपर्ने धारणा राखेकी थिइन् । कर नतिरेको र कोभिडलाई हल्का रुपमा लिएको भन्दै अरबपति मस्कले यो वर्षभर नै आलोचना खेपेका छन् । म्यागेजिनको छनौट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाकोसमेत आलोचना भएको छ । ‘टाइम म्यागेजिनको छनौट वास्तवमै अहिले सम्मकै खराब हो ,’ लेखक कुर्ट इचिनवाल्डले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ