arrow

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व – गृहमन्त्री खाँण

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७८ पुष ६ मंगलबार
balkrishna-khand-janakpur.jpg

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको विकासमा रहेकाले अगाडि बढाउनु सरकारको दायित्व रहेको बताएका छन् । आज  जनकपुरधाममा नेपाली कांग्रेसका नेता स्व. रामनारायण मिश्रको ५४ औं पूण्यतिथिमा सहभागी भएका गृहमन्त्री खाँडले बोल्दै भने, ‘देशको विकासमा रहेको एमसीसी अगाडि बढाउनु गलत नभएको जानकारी गराए ।

आवयश्क छ भने सरकारले एमसीसी संसदमा किन लैजान नसकेको भन्ने संचारकर्मीको जिज्ञासामा उनले प्रस्ताव पारित हुने स्थिति बिना रणनितिक रुपमा अगाडि बढाउँदा समस्या हुने भएकाले सहमतिको प्रयास गरिएको बताए ।
 
गृहमन्त्री खाँणले अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेकाले यसको अरू कुनै उद्देश्य नरहेको दाबी गरे । सरकारलाई परियोजनाले विद्युत र सडक निर्माण परियोजनाका लागि निःसर्त अनुदान दिन लागेको गृहमन्त्री खाँणले बताए । 

नेपाली कांग्रेसको प्रदेश २ को प्रदेश निर्वाचनका लागि पुगेका हालैमात्र फेरि पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका खाँणले प्रदेश नम्बर २ मा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने सम्भावना रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ