arrow

पूर्वराष्ट्रपति रामवरणका छोरा चन्द्रमोहन कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
vote-congress-sanepa.jpg

काठमाडौं। नेपाली कांग्रेसको मधेसी आरक्षण कोटातर्फको केन्द्रीय सदस्यमा पूर्व राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव निर्वाचित भएका छन्।

मंगलबार सकिएको मधेसी समूह तर्फको मतगणना अनुसार उनी २१ सय ३८ मत प्राप्त गर्दै विजयी बनेका हुन्।

मधेसी समूह अन्तर्गत संस्थापन इतर समूह अर्थात डा. शेखर कोइरालाको समूहबाट उनी निर्वाचित हुने एक्ला उम्मेदवार हुन्।

यो समूहतर्फ अरु उम्मेदवारहरु भने शेरबहादुर देउवा पक्षबाट निर्वाचित बनेका छन्।

कांग्रेसको क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामासमेत बसेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ