arrow

२९० संक्रमित थपिए, एकैदिन मृत्यु हुनेको संख्या बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
corona-2021.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ९० जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा २ सय ३२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । थप ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ८ लाख २६ हजार २ सय ६ जनामा पीसीआर र ९६ हजार २१ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख ९ हजार ३ सय ८७ जना निको भइसकेका छन् । ११ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर परीक्षण गरिएकामध्ये २ सय ५२ र ४ हजार ६ सय १६ एन्टीजेनमध्ये ३८ जनामा संक्रमण पुष्टि भएको हो। कुल १७ हजार ८९ जनाको नमुना परीक्षण गरिएको थियो।

हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार २ सय ४२ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ