आहा रारा गोल्डकपमा भुटनिज युथ स्पोर्टस सहभागी हुने
हरि पन्त,
प्रकाशित २०७८ पुष ७ बुधबार
560
Shares
तस्वीर क्लवको फेसबुकबाट
पोखरा। यस वर्षको आहा रारा गोल्डकपमा अमेरिकाको टिम पनि सहभागी हुने भएको छ। माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगिताका लागि भुटनीज युथ स्पोर्टस टिम आउने भएको हो। नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको नेतृत्वमा सो टिम आउने आयोजक सहारा क्लवले जनाएको छ। भुटनीय युथ स्पोर्टस टिम डिसेम्बर २९ मा नेपाल आइपुग्ने बताइन्छ।
त्यसपछि टिमले नेपालको झापामा एक साताको क्याम्प राख्ने योजना बनाएको पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीले बताएका छन्। प्रलयका अनुसार प्रतियोगिताका लागि खेलाडी छनोट पनि भइरहेको छ। टिममा अमेरिकाको मेजर लिग सकरको ड्राफ्टमा परेका खेलाडी सहभागी हुनेछन्।
टिमको गोलकिपरमा दिनेश थापामगर, पुजन थापा मगर, भुवन बस्नेत, मिडफिल्डरमा विकास मगर, पेमा डुक्पा, धिरज मगर, सुदिप तामाङ, डिफेन्डरमा विष्णु गुरुङ, नविन गुरुङ, निशान पोकवाल र फरवार्डमा रोशन गुरुङ, प्रविन बस्नेत, धिरोज तामाङ, अनिष भट्टराई रहने बताइएको छ।
सहारा क्लव पोखराका अध्यक्ष सुरज गुरुङले आहा रारा गोल्डकमा भुटनीज युथ स्पोर्टस टिम आउने पक्का भएको बताए।