arrow

नबिल बैङ्कद्वारा आइमार्कसँग नबिल स्मार्टपोसको निम्ति साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
nabil-smartpos-mou.jpg

काठमाडौँ। नबिल बैङ्कले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ। आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोस मार्फत बैङ्कले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठुलो कदम अगाडि बढाएको बैङ्कले जनाएको छ।

यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुनेछन्। दराजले चाँडै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ।

त्यस्तै, आइमार्कले बैङ्कलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्नेछ।

नबिल बैङ्क पोसको क्षेत्रमा यस्तो ठुलो प्राविधिक प्रगतिको लागि दराज र आइमार्कसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दछ। आफ्नो डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैङ्क आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ