arrow

कोभिड-१९ खाेपकाे चौथो डोज लगाउँदै इजरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
Israel-omicron.jpg

काठमाडौं । इजरायल कोरोना भाइरसविरुद्धको खोपको चौथो डोज लगाउने पहिलो मुलुक बन्ने भएको छ । इजरायलका खोप विज्ञहरूले ६० वर्षमाथिका र स्वास्थ्यकर्मीहरूलाई खोपको चौथो मात्रा लगाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री नफ्ताली बेनेटले यो कदमको स्वागत गर्दै अधिकारीहरूलाई चौथो मात्रा लगाउन तयारी गर्न भनेका छन् । मंगलबार ओमिक्रोन सङ्क्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएसँगै इजरायलले यस्तो निर्णय गरेको हो ।

इजरायलमा ओमिक्रोका पहिचानमा आएका मात्रै ३४० सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उच्च स्वास्थ्य अधिकारीहरूबाट स्वीकृत हुन बाँकी चौथो डोज तेस्रो डोज लगाएको कम्तीमा ४ महिनापछि लगाइने भएको छ ।

एक तिहाइ जनसङ्ख्या १४ वर्षमुनिको रहेको इजरायलको ६३ प्रतिशत जनसङ्ख्याले खोपको दुई डोज मात्रै लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ