arrow

कांग्रेस प्रदेश २ अधिवेशन

१४औं महाधिवेशन: प्रदेश २ मा ७४ पदका लागि १८० जना उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
congress-province-2-final.jpg

जनकपुर। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आज बुधबार हुँदैछ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा कांग्रेसको नेतृत्व चयन हुँदा प्रदेश २ को भने बाँकी थियो। प्रदेश २ मा संस्थापन पक्ष र संस्थापन इतर पक्षका उम्मेदवार प्यानलसहित मैदानमा उत्रिएका छन्। इतर पक्षका उम्मेदवारलाई नेता विमलेन्द्र निधिको पनि साथ छ।

प्रदेश २ का निर्वाचन अधिकृत प्रहलाद गौतमले प्रदेश २ को कार्यसमितिका लागि आवश्य ७४ पदमा १८० जनाको उम्मेदवारी परेको र आज १ बजेबाट मतदान हुने जानकारी दिए। मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।

संस्थापन समूहबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ तथा सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै संस्थापन इतर समूहबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीकै हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ