arrow

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, २२ जनामा डेल्टा

२१७ जना सङ्क्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौं ।  नेपालमा थप एक जनामा कोरोना भाइरसको 'ओमिक्रोन' भेरियन्टको संक्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

ओमिक्रोन पुष्टि भएका ५८ वर्षका पुरुष आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि भएको थियो । 

गत २४ घण्टामा २३६ जनामा संक्रमण भएका पाइएको छ ।

त्यसै गरी पछिल्ला २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । चार हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी पाँच हजार १८५ जना आइसोलेसनमा रहेका बताइएको छ ।  



नयाँ