arrow

जनतालाई दुःख दिएर देश चलाउने दृष्टता गर्दिन : उपसभापति गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
Dhan Raj Gurungg.jpg

पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशको बनाउने ठाउँमा पुगेर पटक-पटक व्यवस्था परिवर्तन गरे पनि आफूहरू, आफूहरूको प्रवृत्ति र भ्रष्ट प्रवृत्ति बदलिन नसक्दा समस्या रहिरहेको बताएका छन् । 

पोखरामा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय वाणिज्य बैङ्कको १० औं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

उनले आफू देशको कथा व्यथासँग राम्रो जानकार रहेको भन्दै आफूले उपसभापतिलाई जित नभई जिम्मेवारी पाएको ठानेकोले उत्ताउलो हुन आवश्यक नरहेको उल्लेख गरे ।

उपसभापति गुरुङले आफू असमानताको विरुद्धमा लडेको मान्छे, गोबर सोहोर्न छोडेर आन्दोलनमा हिँडेको मान्छे, घरमा बाख्रो र भैँसी कराउँदै गर्दा घाँस हाल्न छाडेर जुलुसमा हिँडेको मान्छे भएकाले कुनै नराम्रो काम नगर्ने अठोट गरे । 

नेता गुरुङले देश चलाउने नेताले घुस आयो, कमिसन खायो र देश चलाउने नेता खराब भयो भने सिंगो देश बिग्रने भन्दै आफू खराब नेता नबन्ने स्पष्ट पारे । 

उनले आफू जहाँ पुगे पनि पुगौँला तर सिंगो जनतालाई दुःख दिएर देश चलाउने दृष्टता नगर्ने स्पष्ट पारे । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिका उपमहासचिव विकाश श्रेष्ठ, युनियन कृषि विकास बैङ्कका सुजित श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालका अध्यक्ष रामप्रसाद जोशी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव उभार पाण्डे, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइराला लगायतले संवोधन गरेका थिए । 

महाधिवेशनमा देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी छन् । महाधिवेशनले आगामी चार वर्षका लागि ४५ जना केन्द्रीय सदस्यसहित नयाँ नेतृत्व चयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ