arrow

गण्डकीका मन्त्री डोवाटे विक कांग्रेस केन्द्रीय सदस्यमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
bks.PNG

पोखरा । गण्डकी प्रदेशका मन्त्री डोवाटे विक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

उनी शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए । पाँच सिटको दलित समावेशी खुलामा मन्त्री विक सातौं स्थानमा रहे  । 

जसमा विजयी मानबहादुर नेपालीले २२ सय ४० प्रकाश् स्नेहीले २२ सय २६ नृप ओडले २१ सय ९५, हरिशरण नेपालीले दुई हजार ५१ र मैकुलाल नेपालीले १८ सय ९२ मत प्राप्त गरे । 

यसैगरी पराजित बुद्धिराम हरिजनले १८ सय २६ र मन्त्री डोबाटे विश्वकर्मा १८ सय एक मत प्राप्त गरे ।

सोही पदको महिलामा लक्ष्मी परियार सुजाता परियार शान्ती परियार र रुपा बिक विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ